
काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सुनसरीबाट निर्वाचित सांसद दीपककुमार साहलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उनलाई सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
साहलाई मन्त्री पदमा आज (बिहीबार) नै शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ । इन्जिनियर साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद हुन् ।

























