खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार पोखरेललाई

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १७:३२
खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार पोखरेललाई

विराटनगर । यस वर्षको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार शम्भू पोखरेललाई प्रदान गरिएको छ । पीताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा आज (शुक्रबार) विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकार पोखरेललाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि ११ हजार रुपैयाँ नगद र प्रमाणपत्र रहेको छ ।

कार्यक्रममा मन्त्री शेर्पाले पत्रकारिता समाजको ऐना भएकाले जनचासोका विषयलाई सत्यतथ्यमा आधारित भएर समाचार बनाउनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश सञ्चार प्रतिष्ठान गठन गरेको जानकारी दिए ।

Advertisement

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, केन्द्रीय सदस्य कमल रिमाल, प्रतिष्ठानका सदस्यसचिव कविराज न्यौपाने, कोशी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष दीपक दाहाललगायतले लोकतन्त्र स्थापना र अभिव्यक्ति स्वतन्त्रताका लागि सञ्चार क्षेत्रले पुर्‍याएको योगदानलाई राज्यले आत्मसात गर्नुपर्ने धारणा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×