एसियाडमा सहभागी हुने नेपाली टोलीको बिदाइ

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १९:४२
एसियाडमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं । जापानको आइची–नागोयामा हुने २० औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले  बिदाइ गरेका छन् ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीलाई नतिजाको दबाब नलिई आत्मविश्वास र अनुशासनका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे । असोज ३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालले २१ खेलमा १३५ खेलाडी सहभागी गराउँदै छ । टोलीमा ७८ पुरुष र ५७ महिला खेलाडी छन् ।

Advertisement

नेपालले आर्चरी, जुडो, पौडी, एथलेटिक्स, कबड्डी, टेबल टेनिस, ब्याडमिन्टन, कराँते, तेक्वान्दो, बक्सिङ, क्यानोइङ, टेनिस, क्रिकेट, भलिबल, साइक्लिङ, कुस्ती, गल्फ, स्क्वास, उसुलगायत खेलमा प्रतिस्पर्धा गर्नेछ ।

खेलाडीहरूले गत साउनदेखि एसियाडको तयारी थालेका थिए । नेपाली टोलीमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, मेडिकल टोली, प्राविधिक तथा पदाधिकारीसहित २११ जना सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×