राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार ०७:१९

काठमाडौं । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नारासहित आज (सोमबार) राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ ।

बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूका लागि सुरक्षित र बालमैत्री वातावरण निर्माण गर्न नागरिक समाज, सरकारी निकाय तथा अन्य सरोकारवालालाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ २९ गते यो दिवस मनाउने गरिएको छ । यस वर्ष भने राष्ट्रिय बाल अधिकार दिवस बाढी तथा विपद्का कारण प्रभावित बालबालिकाको संरक्षणमा केन्द्रित भएको छ ।

Advertisement

भदौ १० गते भोटेकोशी नदीमा नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो धनजनको क्षति भएको छ । बाढीका कारण केही बालबालिकाले बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका छन् भने केही बेपत्ता भएका छन् । कतिपय बालबालिका स्वयं घाइते तथा बेपत्ता भएका छन् ।

विपद्का कारण अभिभावकविहीन तथा जोखिममा परेका बालबालिकाको तत्काल उद्धार, राहत, संरक्षण र पुनःस्थापनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । उनीहरूलाई अस्थायी संरक्षणसँगै मनोसामाजिक परामर्शलगायत आवश्यक सेवा उपलब्ध गराउने काममा राज्य सक्रिय रहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए ।

बाल अधिकारको संरक्षण र प्रवर्धनका विषयमा जनचेतना अभिवृद्धि गर्ने तथा बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र शोषण न्यूनीकरणका लागि सरोकारवालाको भूमिका प्रभावकारी बनाउने उद्देश्यले दिवसका अवसरमा परिषद्लगायत विभिन्न संघसंस्थाले कार्यक्रम आयोजना गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×