इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १७:२५
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै आज (मंगलबार) विद्युतीय गाडी दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी गाडी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाडीमा ६ पुरुष र २ महिला गरी कुल ८ जना सवार थिए ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका अन्य ४ जनामध्ये ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने १ जनालाई हेटौँडा अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटना स्थलमा प्रहरी र ट्राफिक टोली परिचालन गरी उद्धार कार्य सम्पन्न गरिएको छ । मृतक तथा घाइतेहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
हिउँदमा लोडसेडिङ हुन नदिने प्राधिकरणको तयारी
हिउँदमा लोडसेडिङ हुन नदिने प्राधिकरणको तयारी
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते
देउवाद्वारा पार्टी एकताका लागि ७ बुँदे अपिल जारी, असोजको महाधिवेशनप्रति आपत्ति
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग
नेप्से ४८.५७ अंकले बढ्यो, ८ अर्ब २९ करोडको कारोबार
आइतबारको बिदा खारेज गरी पुरानै व्यवस्था कायम गर्न संसदमा माग
आइतबारको बिदा खारेज गरी पुरानै व्यवस्था कायम गर्न संसदमा माग
नेपाली कांग्रेसद्वारा ‘निर्वाचन निर्देशिका, २०८३’ जारी
नेपाली कांग्रेसद्वारा ‘निर्वाचन निर्देशिका, २०८३’ जारी
अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिएकोबारे संसदमा प्रश्न
अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिएकोबारे संसदमा प्रश्न
डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने
डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×