बीबीए कप बास्केटबल: अरनिकोलाई छात्र र छात्राको उपाधि 

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १०:१०
बीबीए कप बास्केटबल: अरनिकोलाई छात्र र छात्राको उपाधि 

विराटनगर । विराटनगरमा सम्पन्न भएको ‘७ औँ बीबीए कप अन्तर विद्यालय होम एन्ड अबे बास्केटबल लिग’ प्रतियोगिताको उपाधि विराटनगरकै अरनिको स्कुलले जितेको छ । विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत छात्र र छात्रातर्फ दुवैको उपाधि अरनिको स्कुलले जितेको छ ।

अरनिको स्कुलले छात्र तथा छात्रा दुवै विधातर्फ साबिक विजेता विराटनगरको बालकल्याण विद्या मन्दिर (बीकेभीएम)लाई पराजित गर्दै दोहोरो स्वर्ण पदक जितेको हो ।  फाइनल खेलमा छात्रातर्फ अरनिकोले बीकेभीएमलाई ५२–३८ अंकको अन्तरले पराजित गर्‍यो भने छात्रतर्फ अरनिकोले बीकेभीएममाथि ८७–४१ को फराकिलो अंकका साथ पराजित गर्‍यो ।

Advertisement

त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा छात्रतर्फ सगरमाथा स्कुल र छात्रातर्फ एभरेस्ट स्कुल विजयी भयो ।
प्रतियोगिताको अरनिकोका आलोक यादव (छात्रतर्फ) र आवृत्ति भण्डारी (छात्रातर्फ) ‘मोस्ट भ्यालुएबल प्लेयर’ भए । इमरजिङ प्लेयर छात्रतर्फ अरनिकोका आसिफ अली र छात्रातर्फ सेन्ट जोसेफकी मानवी राजवंशीले भए ।
त्यसै, डिफेन्सिभ प्लेयर छात्रतर्फ अरनिकोका अर्णव कटवाल र छात्रातर्फ एभरेस्टकी अन्वेषा श्रेष्ठ भए ।  उत्कृष्ट ‘कोच अफ दि लिग’ छात्रतर्फ अरनिकोका दीपेश कटवाल र छात्रातर्फ बीकेभीएमका बर्दनकुमार साह घोषित भए ।

खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोष र विशेष अतिथि श्री शिवदल गणका गणपति अनिल बस्नेत, विराटनगर बास्केटबल एकेडेमी (बीबीए) का अध्यक्ष सरोज लम्साल लगायतले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार कि गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
यूएनडीपीको गाडीको ठक्करमा रास्वपा सांसदको गाडी
मोरङमा धानखेतको आली हुँदै नेपाल भित्राउँदै गर्दा सात हजार चल्ला बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×