भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १४:२३

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवलाई सफल कार्यकाल पूरा गरेकोमा बधाई दिँदै आगामी कार्यकालका लागि शुभकामना दिएका छन् ।

मन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् । भेटमा दुई देशबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका प्रगति र जनस्तरको सम्बन्धबारे छलफल भएको छ ।

Advertisement

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भारतले नेपालप्रति देखाएको ऐक्यबद्धता तथा खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति पनि मन्त्री खनालले कृतज्ञता व्यक्त गरेका छन् । मन्त्री खनालले श्रीवास्तव आगामी दिनमा पनि नेपालको असल मित्रका रूपमा रहिरहने विश्वास व्यक्त गर्दै आगामी कार्यकालका लागि शुभकामना दिएका छन् ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्छः थापा
सर्तसहित सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला
भोटेकोशी बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठनको तयारी
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार किन गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×