जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान कम्प्युटर सहयोग

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १७:३३
जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान कम्प्युटर सहयोग

विराटनगर । विराटनगरस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान कम्प्युटर सहयोग गरेको छ ।

हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङलाई कम्प्युटर हस्तान्तरण गरेको हो । हस्पिटलका निर्देशक दिनेश ठाकुरले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई कम्प्युटर हस्तान्तरण गरे । कम्प्युटर हस्तान्तरण गर्दै निर्देशक ठाकुरले नागरिकको सुरक्षामा निरन्तर खटिने प्रहरीलाई आवश्यक स्रोतसाधनमा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर प्रदान गरेको बताए ।

Advertisement

उनले भने, ‘प्रहरीले नागरिकको सुरक्षाका लागि निरन्तर काम गरिरहेको छ । प्रहरीको कामलाई सहज बनाउन सकिने क्षेत्रमा सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो । आगामी दिनमा पनि आवश्यकता र सम्भावनाअनुसार सहयोगलाई निरन्तरता दिनेछौँ ।’

हस्पिटलबाट प्राप्त कम्प्युटरले प्रहरी कार्यालयको दैनिक प्रशासनिक तथा अभिलेख व्यवस्थापनसम्बन्धी काममा सहयोग पुग्ने एसपी कटवालले बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता सहयोग उपयोगी हुने बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×