सर्वोच्च अदालतमा आगलागी घटनाको छानबिन गर्न माग

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १४:३१

काठमाडौं । राष्ट्रियसभाको आज (शुक्रबार) को बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी घटनाको छानबिन गर्न माग गरेका छन् । उनीहरुले बाराकी बालिका गरिमा चौधरी र नवलपरासीकी उनीमाया विकको हत्यासम्बन्धी घटनाको पनि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

बैठकको शून्य समयमा सदस्य विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा दिन प्रतिदिन आगलागीका घटना बढिरहेको भन्दै यसको न्यायिक छानबिन गर्न माग गरे । सदस्य पूजा चौधरीले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्नलाई केही व्यक्तिलाई सामान्य तारेखमा छाडिएको भन्दै त्यससम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरिन् ।

Advertisement

सदस्य रुक्मिणी कोइरालाले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–३ मा शेरबहादुर विकले तीजका दिन श्रीमती उनीमायाको हत्या गरेको जनाउँदै उक्त घटनाको छानबिन गर्न माग गरिन् । सदस्य श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकामा तत्काल दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र औषधिको सहज आपूर्ति गर्न र सडक सञ्जाल पुनः जोड्न सरकारको ध्यानाकर्षण गराए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×