भाग्यमानी तिमी

Share this
698shares
मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ आश्विन ३, शनिबार १२:१९

तिम्रो नशा नशामा दौडिने खुन साह्रै भाग्यमानी ।
तिमी सँग प्रतिस्पर्धा गर्ने जुन साह्रै भाग्यमानी ।

सारा संसार तिम्रो मायामा दास हुन तयार छ तर,
आफ्नो इसारामा नचाउने धुन साह्रै भाग्यमानी ।

Advertisement

तिम्रो स्पर्श गर्न पाउने वस्तुहरू देखि जलन हुन्छ,
तिमीलाई भिजाउने त्यो मनसुन साह्रै भाग्यमानी ।

छाया बनेरै सही, मलाई सधैँ तिमी सँगै हुनु छ,
तिमीले चुम्ने चिनी होस् या नुन साह्रै भाग्यमानी ।

मैले तिमीलाई कुन स्वरूप बाट चैँ पाउन खोजिनँ,
तिम्रो ओठ बाट भरिने त्यो बेलुन साह्रै भाग्यमानी ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×