विराट किचनले पायो खाद्य स्वच्छतामा ‘क’ श्रेणी 

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार २०:५७
विराट किचनले पायो खाद्य स्वच्छतामा ‘क’ श्रेणी 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज परिसरमा सञ्चालित विराट किचन खाद्य स्वच्छता तथा गुणस्तरमा  ‘क’ अर्थात्  ‘अति उत्तम’ श्रेणीमा परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार गरेको अनुगमन तथा मूल्यांकनमा विराट किचनले ९७ अंक प्राप्त गर्दै ‘क’ श्रेणी हासिल गरेको हो ।

Advertisement

कार्यालयले खाद्य स्वच्छताका विभिन्न सूचकको मूल्यांकनपछि विराट किचनलाई ‘अति उत्तम’ वर्गको हरियो स्टिकर प्रदान गरेको खाद्य अनुसन्धान अधिकृत प्रकृति वस्तीले जानकारी दिइन् । उनका अनुसार होटल तथा खाद्य व्यवसायको खाद्य स्वच्छता स्तर निर्धारणसम्बन्धी निर्देशिकामा उल्लेखित ५० वटा सूचकका आधारमा अनुगमन तथा मूल्यांकन गरिएको थियो ।

खाद्य स्वच्छताको स्तरका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले व्यवसायलाई  ‘क’ अति उत्तम, ‘ख’ उत्तम,  ‘ग’ सन्तोषजनक र  ‘घ’ सामान्य गरी चार वर्गमा विभाजन गर्दै आएको छ ।

विराट किचनले विराट मेडिकल कलेजमा उपचाररत बिरामी, उनीहरूका परिवारजन, कर्मचारी तथा आगन्तुकका लागि भोजन उपलब्ध गराउँदै आएको छ । किचनका सञ्चालक रविकान्त साहका अनुसार हाल ६ जना विशेषज्ञ डाइटिसियन कार्यरत छन् ।

डाइटिसियनले बिरामीको स्वास्थ्य अवस्था, उपचार विधि तथा व्यक्तिगत रुचिलाई ध्यानमा राखेर भोजनको योजना तयार गर्ने गरेका छन् । कलेजमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलाई समेत नियमित खाना तथा खाजा उपलब्ध गराउँदै आएको साहले बताए ।

‘हाम्रो लक्ष्य भोक मेटाउने मात्र होइन, बिरामी तथा विद्यार्थीको शीघ्र स्वास्थ्य लाभमा समेत योगदान पुर्‍याउनु हो,’ साहले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×