युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार २०:१९
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज

विराटनगर। ‘नशा हैन, आशा रोजौँ’ भन्ने मूल सन्देशका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विराटनगर जेसीजले ‘तालिम सप्ताह २०२६’ मनाएको छ ।

तालिम सप्ताहअन्तर्गत चौथो दिनको तालिम ‘द भोइसः ईपीएस’को आयोजना गरेको हो । विराटनगरमा भएको तालिममा विभिन्न कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो । तालिम प्रभावकारी रूपमा बोल्ने कला, आत्मविश्वास अभिवृद्धि तथा सञ्चार सीप विकासमा केन्द्रित रहेको थियो ।

Advertisement

कार्यक्रममा विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले युवाको नेतृत्व क्षमता विकाससँगै वित्तीय साक्षरता, सञ्चार, उद्यमशीलता, कृत्रिम बुद्धिमत्ता र सिर्जनात्मक सोचजस्ता विषयमा विभिन्न तालिम तथा अन्तरक्रिया सञ्चालन भइरहेको जानकारी दिए । उनले युवालाई सक्षम र नेतृत्वदायी भूमिकाका लागि तयार पार्नु यस्ता तालिमको उद्देश्य रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि मीनकुमार श्रेष्ठले प्रभावकारी रूपमा बोल्न सक्ने व्यक्ति समाजका जुनसुकै क्षेत्रमा सहज रूपमा घुलमिल हुन सक्ने बताउँदै युवाको व्यक्तित्व तथा वक्तृत्व विकासमा जेसीज महत्त्वपूर्ण थलो रहेको धारणा राखे । सो अवसरमा विराटनगर जेसीजका पूर्वअध्यक्ष अभिनाश थापाले पनि युवा उत्प्रेरणा र प्रभावकारी बोल्ने सीप विकासमा जेसीजले निरन्तर काम गरिरहेको बताए ।

विराटनगर जेसीजका वरिष्ठ उपाध्यक्ष रञ्जनकुमार शाहीले तालिम सप्ताहअन्तर्गत अझै युवा उत्प्रेरणा तालिम सञ्चालन हुन बाँकी रहेको जानकारी दिए ।

करुणा धमलाले  संयोजन गरेको तालिमका प्रशिक्षकद्वय प्रवेश दुलाल र सृजना थापाले सहजीकरण गरेका थिए ।  जनसम्पर्क अधिकारी आकृति रानी फुयाँलले तालिम सप्ताहले युवामा नेतृत्व क्षमता, जीवनोपयोगी ज्ञान, आर्थिक सचेतना, प्रविधिको सदुपयोग तथा सिर्जनात्मक सोचको विकास गर्ने उद्देश्य राखेको बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×