कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन हुँदैन

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार ०६:३६

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनअन्तर्गत आज (बुधबार) देशभर पालिका तहको अधिवेशन गर्दैछ । स्थानीय तहमा पार्टीको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा नेतृत्व चयनको प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा पनि मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ ।

Advertisement

मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा समेत अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोबाट ठूलो क्षति बेहोरेको रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार बुधबार हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ । पालिका अधिवेशनपछि कांग्रेसको स्थानीय तहको संगठन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
इलाममा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीतिक दौडधुप, माल्दिभ्स र स्लोभाकसँग सहकार्य विस्तारमा जोड
नेपालले न्युयोर्कमा उठाउनेछ जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन हुँदैन
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज
महासभामा जलवायु मुद्दा उठाउन प्रधानमन्त्री न्यूयोर्कतर्फ
दुई महिने राष्ट्रिय जनअभियान चलाउने नेकपा संयोजन समितिको निर्णय
गल्छी–स्याफ्रुबेँसी सडक असोजभित्र सञ्चालन गर्ने तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×