काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन

Share this
827shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार २१:०१

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन भएको छ । ८६ वर्षीय शर्माको बुधबार साँझ काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए ।

सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माले नेपालको प्राविधिक तथा उच्च शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिएका थिए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उनी त्यसका पहिलो कार्यकारी निर्देशक बनेका थिए ।

Advertisement

काठमाडौं विश्वविद्यालय स्थापनाको क्रममा सक्रिय भूमिका निर्वाह गरेका शर्मा विश्वविद्यालयका पहिलो उपकुलपति बने । उनले सन् १९९१ देखि २०१२ सम्म लगातार २१ वर्ष उपकुलपतिको जिम्मेवारी सम्हाले । निधनका बेला उनी विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा आबद्ध थिए । शर्माले नेपाल, भारत र बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए ।

 

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×