जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार २१:३१
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम

विराटनगर । जेसीज तालिम सप्ताहअन्तर्गत बुधबार एकै दिन दुई तालिम सम्पन्न भएका छन् । विराटनगर जेसीजको आयोजनामा भएका तालिममध्ये पहिलो ‘स्टार्ट अप माइन्ड सेट’ र दोस्रो ‘एआई फर न्युज रुम’ थियो ।
नेपाल पत्रकार महासंघ मोरङमा आयोजित ‘एआई फर न्युज रुम’ तालिममा इन्जिनियर अनुराग श्रेष्ठले प्रशिक्षण दिए । तालिममा विराटनगरका पत्रकारको उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यस्तै, जेसीज भवनमा आयोजित ‘स्टार्ट अप माइन्ड सेट’ तालिमका प्रमुख अतिथि विराट नर्सिङ होमका सीइओ डा. निकिता कार्की रहेका थिए । मनोज तिवारी र अभिषेक गौतमले तालिमको सहजीकरण गरेका थिए । तालिममा विराटनगरका विभिन्न कलेजको कक्षा ११ र १२ का विद्यार्थीको सहभागिता रहेको तालिम संयोजक पवन काफ्लेले जानकारी दिए।

Advertisement

विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालको अध्यक्षतामा भएको दुवै कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष, जेसीज बोर्ड र जुनियर जेसीज सदस्यहरूको उपस्थिति रहेको जेसीजकी जनसम्पर्क अधिकारी आकृति रानी फुयाँलले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×