कांग्रेस वडा अधिवेशनमा विवाद, एक जना पक्राउ

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १५:०७

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा विवाद हुँदा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बलभद्र सेवा समिति केसलियाको सभाहलमा आज (शुक्रबार) भइरहेको अधिवेशनका क्रममा मुस्लिम कोटाबाट क्षेत्रीय प्रतिनिधि पदका उम्मेदवार ईरसाद अहमदले विपक्षी उम्मेदवारहरूसँग विवाद गरेको जनाइएको छ ।

Advertisement

विवाद बढेपछि प्रहरीले अहमदलाई नियन्त्रणमा लिएको हो । उनलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखेर घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×