कविता: अन्तिम युगको चित्कार

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार ०९:०९
कविता: अन्तिम युगको चित्कार

ईश्वर धर्तीको दैवीय काखमा
म अन्तिम युगमा आएर छटपटाएँ
राज्य, सत्ता, दल सबै मिलेर भुटिरहेछ
अबोध खोपडी
खोइ कहाँ हराए विचारहरू
कसले जन्माए नाराहरू

मैले हक मागेको शोभा दिँदैन,
मेरो आँखामा अस्ताउँदो सपना साह्रै सुहाउँछ,
म बस्ने झुप्रोमा न्यायको दीप बल्दा अनर्थ हुन्छ,
बोल्न जान्दिनँ थिएँ

Advertisement

म त मानवताको रखवाला हुँ
यो दुनियाँले सिर्जना गरेको समानताको घ्यू नपचेर
भुक्दै छु आज,
र्‍याल चुहाउँदै हड्डी तिर लोभिनु
मैले आफ्नो लाचारिता बिर्सनु हो,
त्यसैले
म अन्तिम युगमा आएर छटपटाएँ,

मैले ढुंगा पिटे,
र बनाएँ एउटा सुन्दर मूर्ति
मैले तामा कुटे
र बनाएँ एउटा सुन्दर ईश्वर
तर,
तिमीले त मलाई मान्छेसम्म बनाउन सकेनौँ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×