माई खोलाको कटान नियन्त्रण गर्न तत्काल तटबन्धन गरिने

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार १२:२६

इलाम । लगातारको वर्षापछि माई खोलामा नदी कटान बढेपछि माई नगरपालिकाले जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकपछि खेतियोग्य जमिन, तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानको स्थलगत निरीक्षण गरिएको हो ।

अनुगमनका क्रममा माई खोलाले गरिरहेको कटानको प्रत्यक्ष निरीक्षण गर्दै सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल तटबन्धन तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जोखिममा रहेका स्थानीय समुदायको सुरक्षा तथा उद्धारका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको जनाएको छ ।

नगरपालिकाले नदी किनारमा बसोबास गर्ने नगरवासीलाई वर्षाका कारण जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×