सप्तकोशीको बाढीले १७ घर डुबायो, सुत्केरीसहित परिवार बाँधमा

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार १४:३५

सप्तरी । सप्तकोशी नदीको पानी बस्तीमा पसेपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १७ घरपरिवार प्रभावित भएका छन् ।

वडा नम्बर ४ र ५ मा नदीको पानी घरभित्र पसेपछि प्रभावित परिवारलाई अग्लो कोशी बाँधमा सारिएको छ । प्रभावित परिवारमा चार जना सुत्केरी महिला समेत रहेका छन् ।

Advertisement

गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले घरमा पानी पसेपछि सुत्केरी महिलासहित प्रभावित परिवार सुरक्षित स्थानका रूपमा कोशी बाँधमा बसेको जानकारी दिए । उनका अनुसार वडा नम्बर ४ को टिकुलिया खंग टोलमा बौवालाल खंग, हरिलाल खंग, बद्री खंग, रजिया देवी खंग, सुकराती खंग, चनाइ खंग, लक्ष्मण खंग, राजकुमार खंग, धर्मी खंग, जलेश्वर मुखिया र अखलेश मुखियाको घरमा पानी पसेको छ ।

यस्तै, वडा नम्बर ५ मा भरत मण्डल, महेश साह, सियाराम मुखिया, गंगाराम मुखिया, मन्टुन मुखिया र बेचु मुखियाको घरमा समेत कोशीको पानी पसेको झाले बताए । बस्तीमा पानी पस्नुका साथै तिलाठी कोइलाडी–४ स्थित सशस्त्र प्रहरीको टिकुलिया बेस क्याम्पसमेत प्रभावित भएको छ ।

बेस क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी बलका मधेश प्रदेश प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले स्थलगत निरीक्षण गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कोशीमा पानीको बहाव उच्च भएपछि नदीको बाढी बस्तीमा पसेको हो । बहाव विस्तारै घट्ने क्रममा रहेकाले अब भने जोखिम कम हुँदै जाने उनले बताए ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×