बाढीले ६ घर बगायो, २ सय परिवार सुरक्षित स्थानमा सारिए

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार ०९:४९

बुटवल । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शनिबार राति आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको हो।

Advertisement

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रका ६ घर बगाएको जानकारी दिए।

बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×