कालीगण्डकीले बगायो पुल

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार १०:५५

म्याग्दी। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर-२ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन्।

Advertisement

यसैगरी, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ। पुरिएका घरका दुई जनाको खोजी जारी छ।

बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ। अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×