पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार १२:१८

काठमाडौं । सुरुङमार्गबाट निस्कने स्थानको धादिङतर्फ पहिरो खसेपछि आइतबार त्रिभुवन राजपथ अवरुद्ध भएको छ। पहिरोका कारण काठमाडौँ हुँदै जाने र आउने दुवैतर्फको सडक अवरुद्ध भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए।

बुधबारदेखि भइरहेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। लगातारको वर्षापछि विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ भने सडक तथा राजमार्गमा पहिरो खस्दा यातायातसमेत प्रभावित भइरहेको छ।

Advertisement

वर्षाका कारण पहाडी तथा मध्य भूभागका सडकखण्डमा पहिरो खस्ने क्रम जारी रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रमा सडक खुलाउने र अवरुद्ध भएका स्थानमा यातायात सञ्चालन गराउने प्रयास गरिरहेका छन्।

मौसम पूर्वानुमानअनुसार आज रातिदेखि वर्षा क्रमशः कम हुँदै जाने र सोमबारदेखि मौसममा सुधार आउने अपेक्षा गरिए पनि निरन्तरको वर्षाले जमिन गलेकाले पहिरो तथा बाढीको जोखिम तत्कालै पूर्ण रूपमा नहट्ने जनाइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×