मानवअधिकार आयोगको टोलीलाई जबरासँग भेट्न नदिएको भन्दै आपत्ति

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार १७:०५

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयमा अनुगमन गर्न पुगेको आफ्नो टोलीलाई भेटघाट गर्न नदिएको भन्दै नेपाल प्रहरीप्रति आपत्ति जनाएको छ।

आयोगका अनुसार जबरालाई प्रहरीले पक्राउ गरेको घटनाबारे ध्यानाकर्षण भएपछि सत्यतथ्य बुझ्न र अनुगमन गर्न आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आइतबार काठमाडौँको टेकुस्थित प्रहरी कार्यालय पुगेको थियो। तर, प्रहरी प्रशासनले टोलीलाई जबरासँग भेटेर उनको अवस्था बुझ्न रोक लगाएको आयोगले जनाएको छ।

Advertisement

अनुगमन टोलीले प्रहरीको उच्च नेतृत्वसँग यसबारे जानकारी माग्दा पनि भेट्न नदिएको कारण स्पष्ट नपारिएको आयोगको भनाइ छ। राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) ले आयोगलाई आवश्यकताअनुसार सार्वजनिक तथा निजी संस्था र अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने अधिकार दिएको आयोगले जनाएको छ। मानवअधिकार संरक्षणका लागि आवश्यक सुझाव तथा निर्देशन दिन सक्ने संवैधानिक तथा कानुनी अधिकारमाथि प्रहरीबाट अवरोध सिर्जना हुनु खेदजनक भएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगको संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध पुर्‍याउने प्रहरी कर्मचारीमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन नेपाल सरकारसँग माग गरिएको छ। आइतबार बिहानको राति पक्राउ परेका जबरा आइतबार नै रिहा भइसकेका छन्।

तपाइको प्रतिक्रिया
मानवअधिकार आयोगको टोलीलाई जबरासँग भेट्न नदिएको भन्दै आपत्ति
महाकाली नदीमा बाढी उर्लिएपछि आवागमन प्रभावित
स्काउटसम्बन्धी विधेयकमा सरकारले माग्यो राय-सुझाव
 
पूर्वप्रधानन्यायाधीश जबरालाई निवासमै सुरक्षाः प्रहरी
बाढीपहिरोले व्यापक क्षति : कम्तीमा ११ जनाको मृत्यु, पाँच जना बेपत्ता
अवरुद्ध नारायणगढ मुग्लिन सडक पहिरो हटाएपछि सञ्चालनमा
मानव बेचबिखनसम्बन्धी विधेयकमा सांसदहरूको व्यापक चासो, १११ संशोधन प्रस्ताव
इलामका मुकेश गुरुङ यामल म्युजिक अवार्डमा उत्कृष्ट पाँचमा
प्रहरी नियन्त्रणमा रहेका जबरा परिवारको जिम्मामा, ‘सुरक्षा थ्रेट’को कारण अझै अस्पष्ट
हेमाको हत्या, पति पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×