धनकुटामा तास खेलिरहेका श्रम संस्कृतिका नेतासहित आठ जना पक्राउ

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार ११:०२

धनकुटा । धनकुटामा तास खेलिरहेको अवस्थामा श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–१ हिलेस्थित सिताराम श्रेष्ठको पाँचतले घरको भूमिगत कोठामा तास खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली पुगेको थियो ।

तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का ४४ वर्षीय मगरसहित ५२ वर्षीय मोहनबहादुर विक, ४५ वर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ र ५३ वर्षीय रमेश भण्डारी छन् । त्यस्तै, धनकुटा नगरपालिका–२ का ३२ वर्षीय दिपेन्द्र मगर, धनकुटा नगरपालिका–१० का ५० वर्षीय रमेश कार्की र महालक्ष्मी नगरपालिका–८ का ३६ वर्षीय रामकाजी विक पनि पक्राउ परेका छन् ।

प्रहरीले घटनास्थलबाट १ लाख १४ हजार ५ सय ५० रुपैयाँ नगद, चार बुङ खुला तास र विभिन्न अंक लेखिएका ११९ वटा गोटी बरामद गरेको जनाएको छ । बरामद गोटीमध्ये ५ अंक लेखिएका ५९ वटा, २० अंकका २० वटा, ५० अंकका २० वटा र ५०० अंकका २० वटा रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्री जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रञ्जितकारले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×