
काठमाडौ। चार दिन लामो अविरल वर्षाका कारण अवरुद्ध भएका राजमार्गहरु सञ्चालनमा आउन थालेका छन्। सडक विभागका अनुसार ६ वटा राजमार्गको अवरोध हटेको छ।
आइतबार वर्षा रोकिएसँगै सडक विभागले अवरुद्ध सडक खुलाउने प्रयास थालेको थियो। विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार राजमार्ग सडकहरु मंगलबार बिहानबाट सञ्चालनमा आएका हुन्।
न्यौपानेका अनुसार बीपी, पृथ्वी, कान्ति, अरनिको र बल्खु-कुलेखानी-भीमफेदी-हेटौँडा राजमार्ग सञ्चालनमा आएका छन्। केही स्थानमा एकतर्फी र अधिकांश स्थानमा दुईतर्फी रुपमा सडक सञ्चालनमा आएको न्यौपानेले बताए।
वर्षाका कारण देशभरिका ११ वटा राजमार्गमा ठाउँ-ठाउँमा पहिरो गएको थियो। भारी वर्षाका कारण कालिगण्डकी करिडोर सडकको ४६ ठाउँमा पहिरो गएको थियो। मौसममा सुधार आएसँगै अवरुद्ध सडक खुलाउन उपकरणसहित जनशक्ति परिचालन गरिएको न्यौपानेले बताए।

























