दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १८:०६
नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा आज (शनिबार) बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ १८ जना यात्रु लिएर जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा पल्टिएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको मृत्यु भएको हो ।

घाइते १२ जनामध्ये मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा प्रारम्भिक उपचारपछि आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ । अस्पतालले आज दिउँसो जारी गरेको विज्ञप्तिअनुसार बाँकी चार जना घाइतेलाई मध्यविन्दु प्रादेशिक अस्पतालमै भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ ।

अस्पतालका अनुसार भर्ना भएका घाइतेको चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ। थप विशेषज्ञ उपचार आवश्यक देखिएका बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु
जेई संक्रमणबाट २८ जनाको मृत्यु, १३१ जना संक्रमित
नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते
दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत
पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×