पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १८:०३

म्याग्दी । भूगर्भविद्को टोलीले म्याग्दीका पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा स्थलगत अध्ययन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौर्गर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले शुक्रबारदेखि पहिरोग्रस्त क्षेत्रको अध्ययन थालेको हो ।

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । नगरपालिकाको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भूगर्भविद् तथा प्राविधिक टोलीले अध्ययन थालेको उनले बताए । बेनी बजारसहित नगरपालिका र जिल्लाका अन्य जोखिमयुक्त क्षेत्रको समेत प्राविधिक अध्ययन गर्ने योजना रहेको उनको भनाइ छ ।

भूगर्भविद्को टोलीले दिने सुझावका आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन तथा दीर्घकालीन रोकथामका काम अघि बढाइने नगरप्रमुख केसीले बताए । भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालका अनुसार पहिरोको अवस्था र माटोको बनोट आँकलन गर्न ड्रोनबाट तस्बिर लिइनेछ । पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरी वैज्ञानिक अध्ययनसमेत गरिने उनले बताए ।

उनका अनुसार विभिन्न विधि र उपकरणको प्रयोग तथा स्थलगत निरीक्षणबाट पहिरो प्रभावित क्षेत्रको अध्ययन भइरहेको छ । काठमाडौँबाट आएका चार जना, स्थानीय तहका प्राविधिक तथा भूगर्भविज्ञान अध्ययन गरेका स्थानीय जनशक्तिलाई तीन समूहमा विभाजन गरी अध्ययन थालिएको उनले बताए । टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमूनाको विश्लेषणपछि सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ ।

गत हप्ताको वर्षापछिको बाढीपहिरोका कारण म्याग्दीमा सात जनाको मृत्यु, दुई जना बेपत्ता, दुई सयभन्दा बढी घरगोठमा पूर्ण क्षति तथा दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार शुक्रबारसम्म १११ घरमा पूर्ण, ९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर जोखिममा छन् । क्षतिको विवरण थपिन सक्ने उनले बताए ।

असोज ८ देखि ११ गतेसम्म परेको झरीपछि आएको बाढीपहिरोका कारण जिल्लाका मुख्य सडक, विद्युत् र सञ्चार सेवा प्रभावित भएका छन्। अवरुद्ध यातायात, सञ्चार तथा विद्युत् सेवा सुचारु गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

तपाइको प्रतिक्रिया
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु
जेई संक्रमणबाट २८ जनाको मृत्यु, १३१ जना संक्रमित
नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते
दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत
पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×