
काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव बन्द सत्रबाट पारित भएको छ । महाधिवेशन प्रतिनिधि प्रताप पौडेलले उक्त प्रस्ताव पारित भएको जानकारी दिए ।
पारित भएको प्रस्ताव अनुसार एक सभापति, एक वरिष्ठ उपसभापति,चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुनेछन् ।
केन्द्रीय कार्यसमिति २३२ सदस्य हुनेछ। जसमा ६१ सदस्य मनोनीत हुनेछन्। उपसभापतिमा एक महिला, एक समावेशी अनिवार्य छ । महामन्त्रीमा एक महिला अनिवार्य छ। सह महामन्त्रीमा ११ जना निर्वाचित भएर आउनेछन् भने ४ जना मनोनीत हुनेछन् ।

























