
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावट गरेको आरोपमा निलम्बन गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै दाहाललाई निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत कार्य गरेको आरोपमा निलम्बन गरिएको जानकारी दिएका छन् ।
सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरी बलले दाहालमाथि कारबाही गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा सरकारले दाहाललाई निलम्बन गरेको हो । मन्त्रालयले घटनाबारे थप प्रक्रिया अघि बढाउने जनाएको छ।

























