कांग्रेस सभापतिमा गगनको उम्मेदवारी

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १८:३२

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

विशेष महाधिवेशनबाट सभापतिको जिम्मेवारी सम्हालेका थापाले आगामी नेतृत्वका लागि पुनः आफ्नो दाबी प्रस्तुत गरेका हुन् । थापाको उम्मेदवारीसँगै कांग्रेस सभापति निर्वाचनमा औपचारिक रूपमा दुई जनाको दावेदारी परेको छ । यसअघि श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

सभापतिका अर्का आकांक्षी किशोरसिंह राठोर पनि प्रतिस्पर्धाको तयारीमा छन् । यद्यपि, उनले भने हालसम्म उम्मेदवारी दर्ता गराएका छैनन् ।

थापाको उम्मेदवारीमा कृष्ण बानिया, देउकुमार थेवे र करुणा कटुवाल प्रस्तावक रहेका छन् । उनको उम्मेदवारीलाई सुशन वैद्य, गोमा राई र मनोज भट्टले समर्थन गरेका छन् ।

सभापति पदका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसको आगामी नेतृत्व कसको हातमा जाने भन्ने विषयमा महाधिवेशनको राजनीतिक प्रतिस्पर्धा थप स्पष्ट हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
कांग्रेसको विधान संशोधन प्रस्ताव पारित
कांग्रेस महाधिवेशनको बन्द सत्रमा छलफल सकियो, बुधबार प्रस्ताव र प्रतिवेदन पारित गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×