गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १७:२२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंका खड्गीले सभापति पदमा आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

खड्गी करिब चार दशकदेखि कांग्रेस र नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय छन् । कांग्रेसको वडा कार्यसमिति सदस्यदेखि क्षेत्रीय सभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका उनले यसपटक पार्टीको सर्वोच्च नेतृत्वका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

रोचक पक्ष के छ भने, खड्गी शिक्षक रहँदा कांग्रेस सभापतिका अर्का दाबेदार गगन थापा उनका विद्यार्थी थिए । खड्गीले सिद्धार्थ वनस्थली स्कुलमा शिक्षकका रूपमा काम गरेका थिए ।

कांग्रेसमा सभापतिका लागि गगन थापाको सम्भावना बलियो मानिएको छ । तर, उनलाई सर्वसम्मत सभापति बन्न नदिने गरी खड्गीसहित पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

राठौर बर्दिया–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । यससँगै कांग्रेस महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
कांग्रेसको विधान संशोधन प्रस्ताव पारित
कांग्रेस महाधिवेशनको बन्द सत्रमा छलफल सकियो, बुधबार प्रस्ताव र प्रतिवेदन पारित गरिँदै
गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार
११ दशमलव ९६ अंकले बढ्यो नेप्से
कोशीको नयाँ अभ्यास : कमजोर खेल सुधार्न अरु प्रदेशसँग सहकार्य, पदक विजेतालाई नगदसहित सम्मान
वैदेशिक रोजगारी व्यवस्थित गर्न तीनै तहबीच समन्वयमा जोड
कोशीमा १ हजार १६० जनामा स्क्रब टाइफस संक्रमण, देशभर १० हजारभन्दा बढी
कांग्रेस वरिष्ठ उपाध्यक्षमा शर्माको उम्मेदवारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×