प्रहरीको नियन्त्रणबाट भाइ छुटाएपछि वडाध्यक्ष पक्राउ

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार ०७:३७
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ

विराटनगर । रुकुम पश्चिममा प्रहरीको कारबाहीमा अवरोध गरेको आरोपमा आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।

अभद्र व्यवहारको जाहेरी परेका आफ्ना भाइ वीरेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा वडाध्यक्ष विकले प्रहरी टोलीसँग विवाद गरेको र कर्तव्यमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोप छ। प्रहरीले उनका भाइलाई नियन्त्रणबाट छुटाएर भगाएको तथा प्रहरी कर्मचारीको पोसाकसमेत च्यातिदिएको जनाएको छ।

वीरेन्द्रलाई खोज्ने क्रममा मंगलबार बिहान मुसिकोट नगरपालिका–१ खलंगा बजारस्थित कालिका मन्दिरनजिक प्रहरी टोली पुगेको थियो । त्यहाँ वीरेन्द्र र वडाध्यक्ष विक दुवै भेटिएपछि विवाद भएको प्रहरीले जनाएको छ ।

सरकारी काममा बाधा पुर्‍याएको आरोपमा पक्राउ परेका विकलाई जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको छ । उनी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा छन् ।

प्रहरी अभिलेखअनुसार विकविरुद्ध यसअघि पनि विभिन्न मुद्दा दर्ता भएका थिए । २०७६ मा अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ, २०७७ मा ज्यान मार्ने उद्योग मुद्दामा एक लाख रुपैयाँ र सोही वर्ष अर्को अभद्र व्यवहार मुद्दामा २४ हजार रुपैयाँ धरौटीमा छुटेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान जारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×