महिलामाथि सत्तारुढ रास्वपाका सांसदको अत्याचार

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार ०६:१२

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारमाथि एक महिलालाई अश्लील भिडियो देखाएर ब्ल्याकमेल गरेको, रकम मागेको र ज्यान मार्ने धम्की दिएको गम्भीर आरोप सार्वजनिक भएको छ ।

सार्वजनिक भएका अडियो संवादमा महिलामाथि अपमानजनक गालीगलौज, मानसिक यातना र आर्थिक दबाब दिइएको सुनिन्छ । अडियोमा सुनारले महिलालाई फेसबुक खाता निष्क्रिय नगर्न चेतावनी दिँदै आफूले भनेअनुसार नभए परिणाम भोग्नुपर्ने आशयका धम्की दिएको सुनिन्छ । उनले साँझसम्म पैसा उपलब्ध गराउन पटकपटक दबाब दिएको र महिलालाई राजीनामा दिन निर्देशन दिएको संवादमा उल्लेख छ ।

बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीसमेत रहेकी ती महिलाले आफ्नो नग्न भिडियो बनाइएको, आफूलाई कुटपिट गर्ने, मार्ने तथा काट्ने धम्की दिइएको र पैसा नदिँदा थप यातना भोग्नुपरेको बताएकी छन् । अडियोमा उनले आफूले यस्तो व्यवहार कहिलेसम्म सहने भन्दै सुनारमाथि प्रश्न गरेकी छन् ।

महिलाले पैसा जुटाउने सहमति जनाएपछि सुनारले जहाँबाट भए पनि रकम पठाउन भनेको सुनिन्छ । त्यसक्रममा महिलाले आफूले के गल्ती गरेको भनेर रुँदै प्रश्न गर्दा सुनारले बलात्कारसम्बन्धी आपत्तिजनक टिप्पणी गरेको अडियोमा सुनिएको समाचारमा उल्लेख छ ।

सुनारले ती महिलालाई एक कांग्रेस नेतासँग नाम जोडेर अपमानजनक शब्द प्रयोग गरेको संवादसमेत सार्वजनिक भएको छ । घटनाका बारेमा महिलाले बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई समेत जानकारी गराएर सुनारलाई सम्झाइदिन आग्रह गरेको समाचारमा उल्लेख छ ।

पाण्डेका अनुसार आफू मुख्यमन्त्री रहेका बेला ती महिलाले श्रीमानबाट कुटपिट भएको भन्दै उजुरी गरेकी थिइन् । त्यसपछि उनले महिलाको सुरक्षामा खटिएकी महिला गार्डलाई गोप्य रूपमा बोलाएर सोधपुछ गरेका थिए । गार्डले उनीहरूबीच कुकुर–बिरालोको जस्तो झगडा हुने गरेको बताएको र आफूलाई उक्त जिम्मेवारीबाट हटाइदिन आग्रह गरेको पाण्डेको भनाइ छ । तर, अहिले सार्वजनिक भएको घटनामा आरोपित व्यक्ति सांसद सुनार नै रहेको जानकारी आफूलाई नभएको उनले बताएका छन् ।

यसैबीच, सुनारको बैंकिङ कारोबारमाथि पनि प्रश्न उठाइएको छ । सिटीजन्स, एनआईएमबी, महालक्ष्मीलगायतका बैंकमा रहेका खाताबाट भएका कारोबारको विवरण शंकास्पद देखिएको छ । बेलायत, जापान र भारतलगायतका देशबाट उनको खातामा लाखौँ रुपैयाँ आएको अभिलेख भेटिएको समाचारमा उल्लेख छ ।

जनआस्थाले प्राप्त गरेको भनिएको ४८० पृष्ठको बैंकिङ कारोबार विवरणमा विभिन्न रकमको लेनदेन देखिए पनि ती रकम कुन प्रयोजनका लागि पठाइएका हुन् भन्ने स्पष्ट नभएको समाचारमा जनाइएको छ । यद्यपि, कारोबारको विवरण मात्रका आधारमा रकमको स्रोत वा कुनै गैरकानुनी गतिविधि पुष्टि भने हुँदैन ।

आरोपबारे प्रतिक्रिया लिन जनआस्थाले सांसद सुनारलाई सम्पर्क गर्ने प्रयास गरेको थियो । संसद् सचिवालयमा उल्लेखित उनको मोबाइल नम्बर बन्द रहेको र स्वकीय सचिव राजु सुनारले पनि कुराकानीका लागि समय मिलाउन नसकेको समाचारमा उल्लेख छ ।

दलित अधिकारका क्षेत्रमा अभियन्ताका रूपमा परिचित हुँदै राजनीतिमा आएका सुनारमाथि सार्वजनिक भएका आरोपले उनको राजनीतिक तथा सार्वजनिक भूमिकामाथि प्रश्न उठाएको छ । महिलामाथि सत्तारुढ सांसदले चरम अत्याचार गरेको विषय बाहिरिँदा पनि सरकार र उनी आबद्ध दलले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । आरोपका बारेमा उनको आधिकारिक प्रतिक्रिया, सम्बन्धित निकायको अनुसन्धान र घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

स्रोत : जनआस्था

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×