काठमाडौंमा स्वीप अपरेसन: ९८ जना पक्राउ

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १२:२५
 

काठमाडौं । काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको स्वीप अपरेसनमा ९८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालित अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सार्वजनिकस्थलमा होहल्ला गर्ने, दुर्व्यवहार तथा हातपात गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता कार्यमा संलग्न व्यक्तिहरू रहेका छन् ।

त्यसैगरी, अदालतबाट सजाय तोकिएका नौ जना कसुरदार र विभिन्न मुद्दामा फरार रहेका सात जना प्रतिवादीसमेत पक्राउ परेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानले सार्वजनिक सेवा प्रवाह हुने कार्यालय, यातायातका साधन तथा अन्य सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×