ओमानसँग खेल्दै नेपाल, ओडीआई मान्यता जोगाउने लक्ष्य

Share this
638shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार ०७:४९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ । अल अमेरातस्थित ग्राउन्ड–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । उक्त खेलमा नेपाली ब्याटर रोहित पौडेलले शतक प्रहार गरेका थिए । यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई हराएको थियो ।

ओमानको जितसँगै लिग–२ को शीर्ष चारमा रहेर सोझै विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना समाप्त भएको छ। अब नेपालले लिग–२ मा आफ्नो स्थान सुधार गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यमा ध्यान केन्द्रित गरेको छ ।

लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ। ओमान भने २९ खेलबाट ३३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । शीर्ष चारमा पर्न नसकेपछि नेपालले एकदिवसीय विश्वकप छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र यूएई सहभागी हुनेछन् ।

लिग–२ को बाँकी खेलपछि नेपालले पाँचौँ वा छैटौँ स्थानमा प्रतियोगिता टुंग्याउन सक्नेछ । ओडीआई मान्यता जोगाउने विषयमा आईसीसीको स्पष्ट प्रावधान सार्वजनिक नभएकाले नेपालको अवस्थाबारे अन्योल छ। यद्यपि, छैटौँ स्थानसम्म रहँदा पनि मान्यता जोगिने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×