
इलाम । छिन्टापु स्पोटिङ क्लब सन्दकपुर–२, इलामको आयोजनामा वडादसैँ अन्तर विद्यालय आमन्त्रित फुटबल प्रतियोगिता २०८३ हुने भएको छ । प्रतियोगिता असोज ३१ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
‘खेलकुदले जोड्छ, शिक्षा जीवनमा उज्यालो ल्याउँछ’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक खेल तालिका अनुसार समूह ‘ए’ अन्तर्गत श्याम्वल मावि ‘ए’र भगवती माविबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै समूह ‘बी’ मा आदरणीय मावि र प्रबोध मावि आमनेसामने हुनेछन् । यी खेलहरू सम्पन्न भएपछि विजेता टोलीहरू अन्य चरणका खेलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी २०८३ कात्तिक ४ गते हुनेछ।

























