आयोजक मन्जिल रानीगढीलाई रनिङ कपको उपाधि

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १३:४७

विराटनगर । मोरङको ग्रामथान–६ स्थित भरचोलगढीमा सम्पन्न तेस्रो मन्जिल स्मृति रानिगढी रनिङ कप फुटबल प्रतियोगिताको उपाधि आयोजक मन्जिल रानीगढी क्लबले जितेको छ ।

फाइनल खेलमा ब्ल्याक डायमण्ड एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै आयोजक मन्जिल रानीगढी क्लबले उपाधि चुमेको हो । प्रतियोगितामा विजेता बनेसँगै आयोजकले ट्रफी, मेडल र प्रमाणपत्र सहित ५१ हजार रुपैयाँ हात पारेको छ । प्रतियोगिताको उपविजेता ब्ल्याक डायमण्ड एफसीले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ३१ हजार पाएको छ ।

आयोजकलाई उपाधि दिलाउन दोस्रो हाफमा उमेश कार्कीले गरेको एक मात्र गोल निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दि म्याच आयोजकका अनिल राजधामी घोषित भए ।

प्रतियोगिता उत्कृष्ट खेलाडी आयोजकका अभिषेक मण्डल घोषित भए । त्यस्तै, सर्वाधिक गोलकर्ता आयोजकका अनिश राजधामी, उत्कृष्ट गोलरक्षक आयोजकका अर्जुन चौधरी, उत्कृष्ट फरवार्ड ब्ल्याक डायमण्डका हरि खवास, उत्कृष्ट मिडफिल्डर आयोजकका उमेश कार्की तथा उत्कृष्ट डिफेन्डर आयोजककै किरण चौधरी घोषित भए ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझी लगायत अतिथिहरूले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा ग्रामथान गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष वीर नारायण चौधरी, सदस्य निलम सरदार, कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य तथा थारु कल्याणकारिणी सभा मोरङका जिल्ला सभापति प्रदिप भगत थारु, पूर्व राष्ट्रिय भलिबल खेलाडी नन्द कुमार सरदार, पूर्व राष्ट्रिय फुटबल खेलाडी देव नारायण चौधरी, प्रतियोगिताको मुख्य प्रायोजक तथा आयोजक क्लबकी उपाध्यक्ष उपकार मण्डल, आयोजक क्लबका कोषाध्यक्ष मनोज मण्डल लगायतको उपस्थिति थियो ।

समापन समारोह क्लबका अध्यक्ष कृष्ण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो । मन्जिल रानिगढी क्लबको आयोजनामा असोज १५ गतेदेखि सुरु भएको प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको क्लबकी उपाध्यक्ष उपकार मण्डलले बताए ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×