चियाबगान सञ्चालकविरुद्ध उजुरी दिने माई नगरपालिकाको तयारी

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १७:११

इलाम । इलामको माई नगरपालिकाले सोक्तिम र चिलिमकोट चियाबगान सञ्चालन गर्दै आएका नेपाल चिया विकास निगम लिमिटेड र साँघाई कम्पनीविरुद्ध उजुरी दिने तयारी गरेको छ ।

माई नगरपालिकाका प्रमुख खम्बासिं लिम्बुका अनुसार पटक–पटक सचेत गराउँदा पनि चियाबगान सञ्चालकले अटेर गरेपछि पाँचबुँदे मागसहित जिल्ला प्रशासन कार्यालय इलाममा ज्ञापनपत्र बुझाउन लागिएको हो । त्यसका लागि नगर कार्यपालिकाको निर्णयअनुसार स्थानीयवासीको हस्ताक्षर सङ्कलन भइरहेको उनले बताए ।

नगरपालिकाले चियाबगानमा प्रतिबन्धित विषादीको प्रयोग, साल तथा साखु जातका रूख कटान, चिया प्रशोधनमा दाउराको प्रयोग, बजार क्षेत्रमा रबरका रूख रोपण, मजदुरलाई न्यूनतम पारिश्रमिक उपलब्ध नगराइएको र स्थानीय कर नतिरेको विषय उठाएको छ । यी गतिविधिले मानव स्वास्थ्य, वातावरण र स्थानीय अर्थतन्त्रमा असर पारेको नगरपालिकाको दाबी छ ।

नगरप्रमुख लिम्बुका अनुसार असोज २७, २८ र २९ गते हस्ताक्षर सङ्कलन गरी असोज ३० गते स्थानीयवासीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी छ । ज्ञापनपत्रमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समस्याको समाधान र आवश्यक कारबाहीका लागि पहल गरिने उनले बताए ।

यसैबीच, माई नगर मेयर कप फुटबल प्रतियोगिता–२०८३ सञ्चालन भइरहेका बेला चिलिमकोट चियाबगान हुँदै वैकल्पिक सडक निर्माण गरेको विषयमा नेपाल चिया विकास निगम लिमिटेड र साँघाई कम्पनीले नगरपालिकाविरुद्ध उजुरी दिएको बुझिएको छ । सडक निर्माणका क्रममा एक हजार २०० भन्दा बढी चियाका बोट काटिएको आरोप लगाउँदै निगमले २५ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको स्रोतले जनाएको छ ।

चियाबगान व्यवस्थापन, वातावरण संरक्षण, मजदुरको पारिश्रमिक, स्थानीय कर र वैकल्पिक सडक निर्माणका विषयमा नगरपालिका तथा चियाबगान सञ्चालकबीच विवाद बढ्दै गएको छ । यस विषयमा दुवै पक्षका दाबीको आधिकारिक पुष्टि तथा सम्बन्धित पक्षको प्रतिक्रिया आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
इलामको रोङ गाउँपालिकाका ५८ टोल विकास संस्थाको डिजिटल प्रोफाइल तयार
चियाबगान सञ्चालकविरुद्ध उजुरी दिने माई नगरपालिकाको तयारी
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
नेपालबाट बाहिरियो यस वर्षको मनसुन, सरदरभन्दा १२ दिन ढिलो
राष्ट्रिय खेलकुदका लागि इलामबाट ६ साइकलिङ खेलाडी छनोट
नेप्से २१ अंकले बढ्यो, कारोबार ४ अर्बमाथि
मनमोहन पोलिटेक्निकका विद्यार्थीले प्रदर्शन गरे प्रविधिमा आधारित परियोजना
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
विपद्पछिको पुनर्निर्माणमा ५ खर्ब ५९ अर्बको योजना
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि भेटियो
महानवमीमा विराटनगरदेखि रंगेलीसम्म १०औँ निशान ध्वजा पैदल यात्रा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×