लागुऔषध मुद्दामा रास्वपा सुरुंगा नगर सभापति पक्राउ

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १९:३०
लागूऔषध मुद्दामा रास्वपा सुरुंगा नगर सभापति पक्राउ

सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरुंगा नगरपालिका सभापति साविर हुसेन लागुऔषध मुद्दामा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरुंगा नगरपालिका–४ स्थित कदमाहा बजारमा रहेको पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले लागुऔषध मुद्दामा फरार रहेका हुसेन पक्राउ परेको पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै गरेको बा. ८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो । दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले कार, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो । तर, कारका चालक भने फरार भएका थिए । प्रहरीका अनुसार सोही घटनासम्बन्धी लागुऔषध मुद्दामा हुसेन पक्राउ परेका हुन् ।

तपाइको प्रतिक्रिया
अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक काठमाडौंमा पक्राउ
अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक काठमाडौंमा पक्राउ
लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट 
लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट 
लागूऔषध मुद्दामा रास्वपा सुरुंगा नगर सभापति पक्राउ
लागुऔषध मुद्दामा रास्वपा सुरुंगा नगर सभापति पक्राउ
४७ प्रकारका औषधिको नयाँ उत्पादन र आयातमा रोक
४७ प्रकारका औषधिको नयाँ उत्पादन र आयातमा रोक
एभरेस्टका मन्टेश्वरीका विद्यार्थीले व्यवहारमै सिके चाडपर्वका संस्कार
एभरेस्टका मन्टेश्वरीका विद्यार्थीले व्यवहारमै सिके चाडपर्वका संस्कार
इलामको रोङ गाउँपालिकाका ५८ टोल विकास संस्थाको डिजिटल प्रोफाइल तयार
चियाबगान सञ्चालकविरुद्ध उजुरी दिने माई नगरपालिकाको तयारी
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
नेपालबाट बाहिरियो यस वर्षको मनसुन, सरदरभन्दा १२ दिन ढिलो
राष्ट्रिय खेलकुदका लागि इलामबाट ६ साइकलिङ खेलाडी छनोट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×