सुस्तामा १४ लाख ८४ हजार रुपैयाँको अवैध मदिरा बरामद

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ११:४७

काठमाडौं । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको ठूलो परिमाणको मदिरा बरामद गरेको छ।

प्रहरीले आज बिहान करिब ३ः४५ बजे महलबारीस्थित भित्री सडकखण्डबाट अनुमानित १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लिएको हो।
भारतबाट भन्सार छली गरी ११ वटा ठूला हरिया झोलामा मदिरा ल्याइँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा संयुक्त प्रहरी टोलीले गस्ती गर्दा महलबारी सडकखण्डमा बेवारिसे अवस्थामा मदिरा फेला पारेको प्रहरीले जनाएको छ।

बरामद मदिरामा ७५० मिलिलिटरका ७४२ बोतल ‘ओल्ड मन्क’ रम रहेका छन्। प्रहरीले प्रतिबोतल अनुमानित २ हजार रुपैयाँका दरले यसको कुल बजार मूल्य १४ लाख ८४ हजार रुपैयाँ कायम गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×