दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १४:१७

काठमाडौं । दसैँ बिदाको अवधिमा पनि काठमाडौं जिल्ला अदालत खुला रहने भएको छ । काठमाडौं जिल्ला अदालत, बबरमहलले सूचना जारी गर्दै शनिबार, फूलपाती र विजया दशमी (टीका) को दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने जनाएको हो ।

अदालतका अनुसार बिदाका समयमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जीको समर्थन, अभियुक्तको म्याद थप, कल डिटेल्स तथा पक्राउ अनुमति प्रदान गर्नेलगायत सेवा उपलब्ध हुनेछन् ।

त्यस्तै, धरौटी दाखिला गर्न नसकी थुनामा रहेका प्रतिवादीले धरौटी रकम बुझाउन आएमा रकम बुझ्ने र फैसला बमोजिमको जरिवाना तिरेर छुट्न मिल्ने अवस्थामा जरिवाना रकम बुझ्ने व्यवस्था पनि मिलाइएको अदालतले जनाएको छ ।

दसैँ बिदाका समयमा पर्न सक्ने अत्यावश्यक कानुनी प्रक्रियालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको अदालतको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
मोरङ कारागारमा भित्र्याउन खोजेको ४८० ट्याब्लेट बरामद
दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने
पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्री वाग्लेको आग्रह
काँकडभिट्टा-लौकही सडकको पूर्वी खण्डमा दैनिक ४०० मिटर कालोपत्रे
आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
घटस्थापनायता उपत्यकाबाट २ लाख ६२ हजार जना बाहिरिए
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
विराटनगरको माटस बोर्डिङ स्कुलमा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति
चिकित्सकको सहभागितामा दसैँ–तिहारसहितका पर्वको संयुक्त उत्सव
बूढीगण्डकी बाढीबाट एक हजारभन्दा बढीको उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×