
विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ जिल्ला कारागारमा दुई महिलाले लुकाएर लैजान खोजेको ४८० थान ट्याब्लेट बरामद भएको छ ।
कारागारको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा सुनस रीको धरान उपमहानगरपालिका–११ का मेलिना तामाङ र पूर्णिमा तामाङले भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर ल्याएका ट्याब्लेट फेला परेको हो।
कारागार प्रशासनका अनुसार उनीहरूबाट हरियो रङका २४० थान र सुन्तला रङका २४० थान ट्याब्लेट बरामद गरिएको छ ।
बरामद ट्याब्लेटसहित दुवै महिलालाई आवश्यक कारबाहीका लागि दिउँसो १२ः५० बजे कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको छ ।
बरामद ट्याब्लेटको नाम तथा प्रकृति भने उपलब्ध विवरणमा खुलाइएको छैन ।

























