
काठमाडौं । यस वर्षको प्रहरी व्याटन–२०८३ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा आज (शुक्रबार) आयोजित ७१औँ प्रहरी दिवस समारोहमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीलाई व्याटन प्रदान गरे ।
अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रथम भएको हो । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन, कार्यकुशलता, व्यावसायिक दक्षता र जिम्मेवारी निर्वाहको मूल्याङ्कनका आधारमा व्याटन प्रदान गरेको हो ।

























