
इलाम । चुलाचुली रंगमञ्च इलामको प्रस्तुतिमा ‘उता घाम यता छाया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चुलाचुली रंगमञ्चको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा शिखा लिम्बू, सरोज रसाइली र लक्ष्मी दर्जीले अभिनय गरेका छन् ।
कवि राजकुमार सुब्बा ‘अनिश्चित’को शब्द, अशोक थापाको सङ्गीत र अपेक्षा शेर्पाको स्वर रहेको गीतको भिडियो निर्देशन रंगकर्मी चेतन आङथुपोले गरेका हुन् ।
अनुप चौलागाईं र समीर चबेगुले छायाङ्कन गरेको भिडियो दीपेश मगरले सम्पादन गरेका छन् । भिडियोको छायाङ्कन साधुहोली पर्यटन स्थल आसपासका क्षेत्रमा गरिएको छ ।



















