कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना 

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक २, आइतबार ०७:१३
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना 

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आगामी समयमा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा देशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। साथै, हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×