मोरङको रतुवामाईमा २६४ किलोभन्दा बढी गाँजा बरामद

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १६:१३

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोलाको बगरबाट प्रहरीले आज (बिहीबार) २६४ किलोभन्दा बढी तयारी गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दिउँसो साढे १ बजे गाँजा लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको कमाण्डमा टोली खटिएको थियो ।

प्रहरीले खोजतलास गर्ने क्रममा बक्राहा खोलाको बगरस्थित काँसघारीमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका आठवटा सेतो बोरामा २६४ किलो ५९० ग्राम तयारी गाँजा फेला पारेको हो ।

बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×