
काठमाडौं । दसैँ बिदाका कारण यस वर्ष पहिलो चरणमा सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ । अब उक्त कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तालिका तय गरिएको थियो । विभागले निर्धारित मितिमा नजिकैको केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।

























