सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार १६:१७
तस्बिरः फायल
विराटनगर । सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ । आइतबार दिउँसो भोजपुरको कोप्चेबाट यात्रु बोकेर सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणी नजिकै दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्न सकेको छैन । मृत्यु हुनेमा एक जना ५ वर्षीया बालिका, ३५ वर्षीया महिला र ४० वर्षीय पुरुष रहेका छन् । मोटरबोटका चालक सुमन मगर भने पौडिएर बाहिरिएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनामा परेको मोटरबोटमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। दुर्घटनास्थल धनकुटा क्षेत्रमा पर्ने भए पनि उद्धारका लागि सुनसरीको बराहक्षेत्रबाट प्रहरी टोली खटिएको छ । धनकुटाबाट उद्दारका लागि भौगिक अवस्थाले गर्दा समय लाग्ने भएकोले बराहक्षेत्रको प्रहरी टोलीले उद्धार गरिरहेको बताइएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीको उद्धार टोली पुगेर काम थालेको बताइएको छ । प्रहरीका अनुसार ११ जनाको टिकट काटेको देखिए पनि मोटरबोटमा १६ जना यात्रु सवार रहेको भनिएको छ । तर, यात्रु सवार संख्या पुष्टि हुन सकेको छैन ।
दुर्घटनाको कारण, मोटरबोटमा सवार यात्रुको वास्तविक सङ्ख्या तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतक तीनको शव चतरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
पिजफायर सञ्चालकको मृत्यु प्रकरण : युवतीसँगको सम्बन्ध र आर्थिक हिसाबकिताबमाथि अनुसन्धान
इजरायलद्वारा वेस्ट बैंकका स्थलमार्ग बन्द गर्ने घोषणा
कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा
सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु
कांग्रेसको नीति प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको नेतृत्वमा
नेपालका तीन जलवायु परियोजना स्वीकृत
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूर पहाडमा धक्का
१४२ वर्षदेखि कायम रतौली–जानकी मन्दिरको सांस्कृतिक सम्बन्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×