बिहीबारदेखि मौसम फेरिने, वर्षा र हिमपातको सम्भावना

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार २०:१६

काठमाडौं । देशभर बुधबारसम्म मौसममा ठूलो फेरबदल नहुने भए पनि बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा बदलीसँगै वर्षा र हिमपात हुन सक्नेछ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सोमबार हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । मंगलबार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुनेछ । कोशी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्छ ।

बिहीबार भने मौसम थप बदली हुने र वर्षा तथा हिमपातको सम्भावना बढ्ने महाशाखाले जनाएको छ । त्यस दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनीका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाले बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढाउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षा र हिमपातले कृषि, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न आइतबार साँझ जारी बुलेटिनमार्फत अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया
बिहीबारदेखि मौसम फेरिने, वर्षा र हिमपातको सम्भावना
देशभरका २९.६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला
एनपीएलको तयारी पूरा, सोमबारदेखि खेल
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
पिजफायर सञ्चालकको मृत्यु प्रकरण : युवतीसँगको सम्बन्ध र आर्थिक हिसाबकिताबमाथि अनुसन्धान
इजरायलद्वारा वेस्ट बैंकका स्थलमार्ग बन्द गर्ने घोषणा
कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा
सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु
कांग्रेसको नीति प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको नेतृत्वमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×