विपद कोषको खर्च सार्वजनिक गर्न संसदीय समितिको जोड

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार १५:५३
भोटेकोशी बाढीबाट घरजग्गा, बाली र पशुपन्छीमा ७९ अर्बको क्षति

काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएको छ ।

समितिको बिहीबारको बैठकले कोषमा जम्मा भएको कूल रकम, रकम प्राप्त भएको स्रोत, प्रभावित क्षेत्रका लागि विनियोजन तथा खर्च भएको रकम र वडा तथा पालिकागत विवरणबारे जानकारी लिएको हो । समिति सभापति कृष्णप्रसाद पौडेलले कोषबाट विपद् संकटग्रस्त जिल्लाका स्थानीय तह र वडालाई उपलब्ध गराइएको राहत तथा क्षतिपूर्तिको विवरण समेत माग गरे ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब २८ करोड पाँच लाख ३२ हजार ५९३ जम्मा रहेको जानकारी दिए ।

कोषमा विभिन्न बैंकमार्फत जम्मा भएको रकमको स्रोतगत विवरण भने एक्सेल विवरणबाट निकालेर उपलब्ध गराउने उनले बताए । सोही बैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका स्थानीय तहलाई एनडीआरआरएमएमएमार्फत हालसम्म २४ करोड २० लाख उपलब्ध गराइएको जानकारी दिए ।

रसुवा र भोटेकोशी बाढीका लागि सम्बन्धित जिल्ला तथा स्थानीय तहमा १६ करोड, पुनः ६ करोड र पटक–पटक गरी दुई करोड २० लाख परिचालन भएको उनले बताए । त्यस्तै, नेपाल प्रहरीका लागि ९७ करोड, सशस्त्र प्रहरी बलका लागि ६६ करोड र नेपाली सेनाका लागि ९१ करोड गरी दुई अर्ब ५४ करोडको स्रोत सहमति दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कारागार समेतका लागि २६ करोड पाँच लाख ३५ हजार निकासा भएको उनले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगको प्रारम्भिक विपद् क्षति आकलनअनुसार विपदबाट चार खर्ब आठ अर्ब २९ करोड बराबरको क्षति तथा नोक्सानी भएको छ । पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब ३१ करोड आवश्यक पर्ने प्रारम्भिक आकलन रहेको र विस्तृत पिडीएनए अन्तिम चरणमा रहेको सचिव उपाध्यायले समितिलाई जानकारी गराए ।

विपद् उद्धारका क्रममा मृत्यु भएका राष्ट्रसेवकका आश्रित परिवारलाई प्रतिमृतक १० लाख उपलब्ध गराउने तथा घाइते राष्ट्रसेवकको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको उनले जानकारी दिए । भोटेकोशी र त्रिशूली बाढीबाट विस्थापित परिवारलाई अस्थायी बसोबासका लागि ६ महिनासम्म राहत उपलब्ध गराउने निर्णय समेत भएको समेत जानकारी गराइएको थियो ।

अर्थसचिव डा. उपाध्यायका अनुसार बाढी प्रभावित व्यवसायलाई कर, बिमा, ऋण तथा ब्याजमा सहुलियत दिने निर्णय भएको छ । उनका अनुसार पुनर्निर्माणका लागि विपद् परिषदबाट दुई खर्ब २५ अर्ब ७७ करोड आठ लाखका आयोजना स्वीकृत भएका छन् । सम्बन्धित मन्त्रालयहरूले प्राथमिकता निर्धारण गरी खरिद प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयमा सहमतिका लागि प्रस्ताव पेस गर्ने क्रममा रहेको र मन्त्रालयबाट पत्राचार हुनासाथ प्रक्रिया अगाडि बढाइने उनले बताए ।

पुनर्निर्माणका लागि नियमित सरकारी बजेट र सम्बन्धित मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ । तत्कालीन राहत तथा उद्धारमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम परिचालन गरिने जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
कोशीमा दसैँका १० दिन : समग्रमा शान्तिपूर्ण, २२५ घटनामा ५७ जनाको मृत्यु
नेप्से ३१ अंकले बढ्यो, तीन महिनायताकै उच्च बिन्दुमा
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
जनकपुरको ब्याटिङमा मोइनको चमक, काठमाण्डु पराजित
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा
भोटेकोशी बाढीबाट घरजग्गा, बाली र पशुपन्छीमा ७९ अर्बको क्षति
विपद कोषको खर्च सार्वजनिक गर्न संसदीय समितिको जोड
 
सरकारी अनुदान मिलाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
बिरामीलाई सहज र गुणस्तरीय सेवा दिन ६ स्वास्थ्य प्रतिष्ठानसँग कार्यसम्पादन सम्झौता
निर्वाचन प्रहरीको पोसाक खरिदमाथि संसदीय छानबिन, कागजात सीसीटीभीको निगरानीमा
अर्कैको शवलाई छोरा ठानेर अन्त्येष्टि, मृतक भनिएका व्यक्ति घर फर्किए
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×